October 23, 2017

डलर तस्करीको जालोः प्रहरी देखि भिक्षुणीसम्म

काठमाण्डैं,१२ चैत्र । गेरु वस्त्र लगाएकी भिक्षुणी र सेतो वस्त्रमा रहेका उनका तीन चेली शुक्रबार त्रिभुवन विमानस्थलको यात्रु जाँचस्थलमा पुगे धार्मिक यात्रामा नेपाल आएका उनीहरु थाइल्याण्ड फर्कँदै थिए । प्रहरीले अन्य यात्रुलाई झैं चारै जनामाथि सामान्य जाँच सुरु गर्यो ।

एक्सरे मेसिनले उनीहरुको ब्यागमा नोट देखायो प्रहरीले सबै नोट बाहिर निकाल्न लगाएर गन्यो २ लाख ८६ हजार अमेरिकी डलर ९२ करोड ९१ लाख रुपैयाँ २ लाख ७३ हजार भारतीय रुपैयाँ ९४ लाख ३४ हजार रुपैयाँ र ४६ हजार ८ सय भाट ९१ लाख ३९ हजार रुपैयाँ रहेछ ।

कानुन अनुसार ५ हजार अमेरिकी डलर बराबर विदेशी मुद्रा मात्र बोकेर अन्य मुलुकतिर जान पाइन्छ यही आधारमा उनीहरुको साथमा फेला परेको रकम अवैध थियो विमानस्थलका डीआईजी पंकज श्रेष्ठका अनुार उनीहरुले सो रकम भारतको वोधगयामा स्तुपा र अस्पताल बनाउन नेपालमा चन्दा उठाएको दावी गरेका थिए ।
५ हजार डलर भन्दा बढी विदेशी मुद्रा आफूसँगै लैजान नपाउने नेपालको कानुनबारे आफूहरुलाई जानकारी नभएको उनीहरुको दावी थियो । नोटसहित पक्राउ परेकाहरुको दावी विश्वसनीय देखिएनन् डीआईजी श्रेष्ठले भने उनीहरुको साथबाट फेला परेको रकम र त्यसको स्रोतबारे अनुसन्धान गरिरहेका छौं ।

गत शनिबार मात्रै ३८ हजार ९ सय अमेरिकी डलरसहित नेपाली मूलकी हङकङ नागरिक पेम्बा लामा पक्राउ परेकी थिइन्। हवाई मार्गबाट मात्र हइन विदेशी मुद्रा तस्करीका लागि सडक मार्ग समेत बढ्दोक्रममा रहेको देखिन्छ । स्थलमार्गबाट हुने अधिकांश तस्करी हवाईमार्गको दुबई । यो खबर आजको नागरिक दैनिकमा छ ।