August 21, 2017

डलर डेढ वर्ष यताकै सबैभन्दा सस्तो

काठमाण्डौ, १२ चैत्र । केन्द्रीय बैंकले एक अमेरिकी डलरको विनिमय एक सय चार रुपैयाँ ४० पैसा (खरिद दर) तोकेको छ । यो डेढ वर्ष यताकै सस्तो हो ।

केन्द्रीय बैंकले तोकेको यो खरिद दर आउँदो आइतबारका लागि हो । ०७२ मदौ ३ गते एक अमेरिकी डलरको विनिमयदर एक सय चार रुपैयाँ ४० पैसा थियो ।

त्यस्तै आइतबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर एक सय ५ रुपैयाँ तोकेको छ । पछिल्ला दिनहरूमा नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर कमजोर बन्दै गएको छ । डलर कमजोर बन्दै गएपछि स्वदेशी मुद्रा बलियो देखिएको हो । तर, स्वदेशी अर्थतन्त्रमा उल्लेख्य सुधार भएकाले रुपैयाँ बलियो भएको नभई भारतीय अर्थतन्त्रमा देखिएको सुधार भएको विज्ञहले बताएका छन् ।

भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेका कारण अमेरिकी डलरको तुलनामा भारु बलियो हुँदा नेरु पनि बलियो देखिएको हो । खासगरी भारतको विधानसभा चुनावमा उत्तरप्रदेशमा भारतीय जनता पार्टीको गठबन्धन निर्वाचित भएसँगै त्यहाँको अर्थतन्त्र सुधार अडकलबाजी गरिएको छ । यसबाट भारतीय मुद्रा बलियो हुँदै गएको हो ।

अधिकांश भागमा प्रधानमन्त्री नरेन्द्र मोदीकै दल भाजपाले जितेपछि उनी नेतृत्वको सरकार बलियो हुने भएकाले आर्थिक सुधारको गति तीब्र हुने अपेक्षा गरिएको छ ।
विधानसभामा भाजपाको बहुमत हुने देखिएपछि पुनः मोदीकै सरकारले निरन्तरता पाउने अडकलबाजीहरू गरिएका छन् । यो खबर आजको कान्तिपुरमा छ