August 21, 2017

ठूलो मात्रामा गाँजा र चरेश सहित ४ जना पक्राउ

काठमाण्डौ, १५ चैत्र । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ ।

लागूऔषध ओसार पसरमा संलग्न मनहरी गाउँपालिका वडा नं ७ बस्ने बर्ष १६ का दिपेन्द्र राई, सोही ठाउँकै बर्ष २९ का सुरेश स्याङतान र बर्ष १८ का कृष्ण तामाङ र राक्सिराँग गाउँपालिका वडा नं ८ बस्ने वर्ष ३६ का गोपाल ब्लोनलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुको साथबाट २२ बोरा गाँजा (५४६ के.जी.) र २ बोरा चरेस (४५ के.जी.) बरामद गरिएको छ । उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।