August 19, 2017

ट्रिपरको ठक्करवाट युवककाे मृत्यु

दिनेश शर्मा / राजविराज, ३१ चैत्र । सप्तरीको कन्चनरुप नगरपालिकामा ट्रिपरको ठक्करवाट घाईते भएका उदयपुरका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । अर्का युवक घाईते छन् ।
कञ्चनरुपमा वडा नं. ६ मा मंगलवार राती ८ वजे को १ ख ५६४८ नम्बरको ट्रिफरले ना ४५ प ५७२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा उदयपुरको बसाहा ६ बस्ने २२ बर्षिय गुणराज तामाङ र २१ बर्षिय पर्वत राई घाईते भएका थिए ।
घाइते मध्ये तामाङ्गको राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राईको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।