October 23, 2017

ट्रिपरको ठक्करबाट सप्तरीमा एक जनाको मृत्यु

दिनेश शर्मा
राजविराज, ६ चैत्र । ट्रिपरको ठक्करबाट सप्तरीमा आईतबार एक व्यक्तिको मृत्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको ना १ प ५३६५ नम्बरको ट्रिपरको ठक्करबाट साईकल यात्री शम्भुनाथ–३ का २३ वर्षीय किसन सदाको मृत्यु भएको हो ।

ट्रिपरको ठक्करबाट गम्भिर घाइते भएका सदालाई उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।