August 21, 2017

ट्रम्पले र्फिता लिए स्वास्थ विधेयक

काठमाण्डौ,१२ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्याप्त समर्थन जुटाउन नसकेपछि स्वास्थ्य सेवा सम्बन्धी आफ्नो विधेयक संसदबाट फिर्ता लिएका छन् ।

आफ्नै पार्टी पर्याप्त समर्थन प्राप्त नभएपछि संसदमा मतदानको केही अघि स्वास्थ्य सेवा सम्बन्धी विधेयक रिपब्लिकनहरुले फिर्ता लिएका थिए । न्यूनतम २१५ रिपब्लिकनको समर्थन जुटाउन नसकेपछि अन्तिम समयमा गरिएको उक्त निर्णयलाई ट्रम्पमाथि ठूलो धक्का पुगेको छ ।

चुनावी अभियानका क्रममा पूर्व राष्ट्रपति बराक ओबामाले ल्याएको स्वास्थ्य सेवा सम्बन्धी कानून खारेज गर्ने वाचा उनले गरेका थिए ।

आफूले अमेरिकी जनताका लागि अभिशाप भनेर टिप्पणी गर्दै आएको पूर्व राष्ट्रपति बराक ओबामाले ल्याएको स्वास्थ्यमा पहुँच उपलब्ध गराउने कानूनको विकल्प प्रस्तुत गर्ने मौका रिपब्लिकनहरुले सात वर्षपछि पाएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पर्याप्त समर्थन जुटाउन नसकेपछि स्वास्थ्य सेवा सम्बन्धी आफ्नो विधेयक संसदबाट र्फिता लिएका हुन् ।