October 24, 2017

ट्रम्पले फोनबाटै दिए मोदीलाई बधाई

काठमाण्डौ,१५ चैत्र । अमेरिकि राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनबाटैे विधानसभामा विभिन्न राज्यमा  विजयी भएकोमा बधाई ज्ञापन गरेका छन ।

ट्रम्पले आफू यो कुरामा निकै खुसि भएको बताउदै प्रभानमन्त्री मोदीलाई  फोन मार्फत बधाई ज्ञापन गरेका हुन । ५ प्रदेशमा भएको विधान सभाको चुनावमा भारतीय जनता पार्टीले ४ ठाँउमा जित हाँसल गरेको थियो ।

ट्रम्पले जर्मन चान्सलर एन्जेला मर्केललाई पनि बधाई दिएका छन । मर्केलको पार्टीले एउटा प्रान्तमा जितकोे थियो । यो मोदी र ट्रम्पबिच भएको तेस्रापटकको फोनवार्ता हो ।