October 23, 2017

ट्रम्पलाई अदालतको फेरी अर्को झट्का

काठमाण्डौ, १७ चैत्र । अमेरिकाको हवाई प्रान्तको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ६ मुस्लिम बाहुल्यता भएका देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्ध अनिश्चितकालका लागि रोक लगाएको छ ।

अदालतले यो प्रतिबन्धले मुस्लिमहरुप्रति भेदाभाव हुने बताएको छ । यसको प्रत्यक्ष असर पर्यटन, विदेशी विध्यार्थी र कामदारलाई पर्ने अदलतको ठहर छ । ट्रम्पले भने यो प्रतिबन्धले चरमपन्थी संगठनलाई अमेरिका प्रवेशमा रोक लगाउन मद्दत पुग्ने बताए ।

हवाई आटिर्नी र अमेरिकी न्यायलयको छलफल पछि न्यायाधिश जज डेरिक वाट्सनले बुधबार राति यस्ताे फैसला सुनाएका हुन् ।

५ मार्चमा ट्रम्पले जारी गरेको कार्यकारी आदेशका अनुसार ईरान, लीबीया र सोमालिया लगायत ६ मूलुकका नागरिकलाई ९० दिनका लागि र शरणार्थीहरुलाई १२० दिनका लागि अमेरिका प्रवेशमा रोक लगाइएको थियो ।