August 23, 2017

ट्रम्पद्वारा चिनियाँ राष्ट्रपति सी को स्वागत : तिन महत्वपूर्ण बुँदामा छलफल हुने

काठमाण्डौ,२५ चैत्र । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनका राष्ट्रपति सी जिनपिङ बिच पहिलो पटक फ्लोरिडा राज्यकोे एक रिर्सोटमा भेटवार्ता भएको छ ।

दुई नेताबिच २४ घण्टासम्म हुने उक्त भेटको दौरानमा धेरै बैठक हुने छन् । यो भेटवार्ताको क्रममा संवेदनशिल बिषयमा छलफल हुने सम्भावना रहेको अमेरिकि अधिकारिहरुले बताएका छन । सीे अमेरिकाको भ्रमणको क्रममा सो भेटवार्ता भएको हो ।

दुई देशबिचको सम्बन्ध, कुटनिति र नयाँ आयामहरुको विषयमा पनि गहन छलफल हुने विश्वास गरिएको छ । राष्ट्रपतिय चुनावको दौरानमा ट्रम्प ले कयौं पटक चीनको खुलेरै आलोचना गरेका थिए ।

राष्ट्रपति भइसकेपछि ट्रम्पले ताइवान र वन चाइना नीति ,मुद्रा विवाद र गैर बजार अर्थव्यवस्था जस्ता तिनवटा गम्भिर मुद्दाका विषयमा प्रतिक्रिया दिन सकिरहेका छैनन् । उनले यि कुराहरुको ट्रम्पले केहि प्रतिउत्तर दिएका  छैनन । यि तिन महत्वपूर्ण मुद्दाहरु यस्ता छन ।