August 19, 2017

ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकारमा जनरल एच आर म्याक नियुक्त

काठमाण्डौ, १० फाल्गुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टीनेन्ट जनरल एच आर म्याक मास्टरलाई नियुक्त गरेका छन् ।

ट्रम्पले यस अघि माइकल फ्लीनलाई नियुक्त गरेका थिए । उनलाई नियुक्त गरेको २४ दिनमै ट्रम्पले कुटनीतिक मर्यादा उल्लंघन गरेको भन्दै बर्खास्त गरेका थिए ।

फ्लीनलाई रुसी राजदुतसंग अमेरिकी प्रतिबन्धबारे चर्चा गरेको आरोप लगाइएको थियो । ट्रम्पले सुरक्षा सल्लाहकारमा अवकास जीवन बिताइरहेका रोबर्ट हाडवर्डलाई नियुक्त गर्न चाहेपनि हाडवर्डले निजी कारण देखाउँदै उक्त पद अस्वीकार गरेका थिए ।

नयाँ सल्लाहकार म्याक मास्टरले यसअघि अफगानिस्तान र इराकमा काम गरिसकेका छन । एजेन्सी