August 24, 2017

ट्रम्पको फोन ट्याप गरेको कुरा सिनेटद्धारा अस्वीकार

काठमाण्डौ ४ चैत्र । अमेरिकी सिनेटको अनुसन्धान कमिटीले राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रम्प टावरमा फोन ट्याप गरिएको कुरा अस्वीकार गरेको छ ।
सिनेट कमिटीले राष्ट्रपति ट्रम्पको फोन ट्यापबारे कुनै संकेत फेला नपरेको बताएको हो ।
सिनेट अनुसन्धान विभागका अध्यक्षले राष्ट्रपति ट्रम्पद्वारा फोन ट्याप भएको भनाइलाई खारेज गरेका हुन् । यसअघि राष्ट्रपति ट्रम्पले राष्ट्रपति निर्वाचनका क्रममा तत्कालिन राष्ट्रपति बाराक ओबामाले ट्रम्प टावरमा आफ्नो फोन ट्याप गरेको आरोप लगाएका थिए । उता ह्वाइट हाउसका प्रवक्ताले राष्ट्रपति ट्रम्प आफ्नो भनाइमा कायमै रहेको बताएका छन ।