June 26, 2017

ट्रम्पको फोन ट्यापको आरोप गलत भएको ओबामाको भनाई

काठमाण्डौ, २२ फाल्गुन । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले आफनो प्रशासनले राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन ट्याप गरेको आरोप निराधार भएको बताएका छन ।

ट्रम्पले राष्ट्रपति चुनावका दौरान ओबामा प्रशासनले आफनो फोन कल ट्याप गरेको आरोप लगाएपछि ओबामाले खण्डन गरेका हुन । ओबामाका प्रवक्ता केविन लुइसले पूर्व राष्ट्रपति ओबामा र ह्वाइट हाउसबाट कसैको जासुसी गर्न आदेश नआएको स्पष्ट पारे । ओबामा प्रशासनमाथि लगाइएका आरोप झूठा भएको उनले बताए । एजेन्सी