ट्रम्पकाे नयाँ आदेश, ६ राष्ट्रका नागरिकलाई भिषामा रोक

काठमाण्डौ, २४ फाल्गुन । अमेरिकाले ६ मुश्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेश सम्बन्धी भिसा नदिने नयाँ आदेश जारी गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सुडान, सिरिया, इरान, लिबिया, सोमालिया र यमनका नागरिकलाई अमेरिका प्रवेश सम्बन्धी भिसा नदिने आदेशमा हस्ताक्षर गरेका हुन ।

यसअघि गत जनवरीमा जारी गरिएको आदेशमा इराक पनि समावेश थियो । दोस्राे आदेशमा भने इराकको नाम हटाइएको छ । नयाँ आदेश १६ मार्चबाट लागु हुनेछ । पहिल्यै भिसा वा ग्रिनकार्ड प्राप्त नागरिकका लागि भने यो आदेश लागु हुनेछैन ।