August 16, 2017

ट्रम्पको आदेशमाथि अदालतको रोक

काठमाण्डौ ३ फाल्गुन । ६ मुश्लिम राष्ट्रका नागरिकलाइ अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमाथि अदालतले पुनः रोक लगाएको छ ।

राष्ट्रपति ट्रम्पको आदेशमाथि हवाइको एक संघीय अदालतले रोक लगाएको हो । ट्रम्पको प्रतिबन्ध सम्बन्धी आदेश आजबाट लागु गर्ने तयारी भैरहेकैबेला अदालतको यो आदेश आएको हो ।

राष्ट्रपति ट्रम्प ६ मुश्लिम राष्ट्रका नागरिकलाई कम्तिमा ९० दिनको प्रतिबन्ध लगाउन चाहन्छन । यस्तै, शरणार्थीमाथि पनि १ सय २० दिनको प्रतिबन्ध लगाउने उनको इच्छा छ ।

प्रतिबन्ध सम्बन्धी आफनो आदेशले आतंकवादीलाइ अमेरिका छिर्नबाट रोक्न सकिने उनको दावी छ । उनका आलोचकहरुले भेदभावपूर्ण भन्दै आलोचना गरेका छन । यसअघि पनि गत जनवरीमा ट्रम्पको आदेशमाथि सिएटलका न्यायाधीशले रोक लगाएका थिए ।