ट्रकको ठक्करबारट मोरङको र‌ँगेलीमा एकजनाको मृत्यू

काठमाण्डौ ३ फाल्गुन । मोरङको रंगेलीमा आज विहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट झापा महाभारा गाविस वस्ने ३५ बर्षीय दिपक महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । हुलाकी राजमार्ग अन्तरगत मोरङ्गको रंगेली नगरपालीका वार्ड नम्बर ९ स्थित सडकमा विराट पोल्ट्री र्फमको को १ क १८४६ नम्बरको ट्रकले मे ७ प ८२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक महतोको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । मृतक महतोको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको छ ।