June 24, 2017

टेस्टमा एउटै खेलमा पहिलो पटक चारजना बलरबाट ६ विकेट हल

काठमाण्डौ, २४ फाल्गुन । क्रिकेटको इतिहासमा पहिलो पटक चार खेलाडीले एउटै खेलमा ६ विकेट हल गरेका छन् । बैङ्लोरमा भएको भारत र अष्ट्रेलियाबीचको खेलमा चारजना बलरले ६ विकेट हल गरेका छन् ।

अष्ट्रेलियाका स्पिनर नाथान लायनले पहिलो इनिङमा ५० रन दिएर ८ विकेट लिएका थिए । त्यस्तै अष्ट्रेलियाका अर्का बलर जोस हेजलउडले ६७ रन दिएर ६ विकेट लिएका थिए ।

भारतको तर्फबाट दुई स्पिनर रविन्द्र जडेजाले ६३ रन दिएर ६ विकेट लिए भने अर्का रविचन्द्रन आश्विनले ४१ रन दिएर ६ विकेट लिए ।