October 17, 2017

टेलिकमको मोबाईल सेवामा नि:शुल्क सापटी

काठमाण्डौ,१६ चैत्र । सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले आफ्ना ग्राहकलाई निःशुल्क रुपमा सापटी लिन पाउने सुविधा उपलब्ध गराउने भएको छ ।

कम्पनीको प्रयोगकर्ताको मोबाइलमा ब्यालेन्स सकिएको अवस्थामा एयर टाइमका रुपमा सापटीको सुविधा उपलब्ध गराउने भएको हो । कम्पनीको जिएसएम तथा सीडीएमए सेवामा सेवाका ग्राहाकले यस्तो सेवा पाउनेछन् । सापटी सेवा शुरु गर्नका लागि टेलिकमले हङकङमा रहेको टायक्स कम्पनीको स्थानीय साझेदार हेमन्त ट्रेड सेण्टर प्रालिसँग गतसाता सम्झौता गरिसकेको छ ।

उत्त सम्झौतमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेण्टरको तर्फबाट निर्देशक हेमन्त अग्रवालले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

अबको ५ महिनामा यो सेवा सञ्चालनमा ल्याउने टेलिकमको लक्ष्य रहेको छ यो खबर आजको अभियान दैनिकमा छ ।