August 22, 2017

टेरिया फौजा मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभा घोषणा गर्ने

 २२ माघ, काठमाण्डौ । रक्षामन्त्री बालकृष्ण खाँणले टेरिया फौजा मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका छन् ।

टेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा आभार प्रकट कार्यक्रममा बोल्दै मन्त्री खाँणले नेपाल र नेपालीको सिरउच्च पार्नेजस्तो महत्वपूर्ण काम गरेकोमा टेरियालाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताए । टेरिया फाउण्डेशनकी संरक्षक तथा भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’को बिजेता टेरिया फौजा मगरले आफ्नो क्षमताले मात्रै बिजेता नबनेको बताइन । आफुलाई नेपालमा किन बस्दिनन् भनेर कुरा चलिरहेकोले आफू जहाँ भएपनि नेपालको काम गर्ने उनले बताइन ।

बागेश्वरी कला केन्द्रका संस्थापक सुरेश सेन्चुरीले बागेश्वरी कला केन्द्रबाट नृत्य सिकेकी टेरियाले आज विश्वमा नेपालको नाम चिनाउन सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।