October 24, 2017

टुबोर्ग विशाल मेमोरियल गोल्डकपमा नेपाल पुलिसको विजयी सुरुवात

राम कुशवाहा /वीरगन्ज, ९ वैशाख । नेपाल पुलिस क्लबले वीरगंजमा आज बाट शुरु भएको प्रथम विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको विजयी शुरुवात गरेको छ ।
विशाल मेमोरियल फाउण्डेशनको वीरगंज स्थित नारायणी रंगशालामा आज भएको खेलमा वीरगंज युनाईटेडलाई ० का विरुद्ध १ गोल गर्दै पुलिस विजयी भएको हो ।
पुलिसलाई जिताउन खेल शरु भएको १६ मिनटमै सुमन तमांगले गरेको गोल नै निर्णयक बन्न पुगेको थियो आजको प्रतियोगिताको म्यान अफ दि म्याच लामा नै घोषित भएका छन् । लामालाई ५ हजार नगद सहित ट्रफि प्रदान गरिएको छ ।
आगामी बैशाख १६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब ७ वटा र भारतको १ गरि कुल आठ टिमको सहभागिता रहने छ ।
नेपालका ए डिभिजनका क्लबहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, वीरगञ्ज युनाइटेड क्लब, जनजागृति युवा क्लब सिमरा र भारतको राजमील पटनाको सहभागिता रहको विशाल मेमोरियल फाउण्डेशनका अध्यक्ष रुपक पाण्डेले जानकारी दिए ।
प्रतियोगिताको विजयी टिमले ५ लाख नगद सहित शिल्ड र उपविजेताले ३ लाख नगद सहित शिल्ड पाउने छन् ।