September 21, 2017

टिकट खोसिएपछि उम्मेदवारले गरे आत्महत्या

काठमाण्डौ, २ असार । माओवादी केन्द्रका पूर्वउम्मेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन् ।

माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका–१६, उदयपुरको खुला वडा सदस्य उम्मेदवार बनेर खोसिएका जातेसिद्रेका ३५ वर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन् । श्रेष्ठ घरनजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा बिहान झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए ।

श्रेष्ठलाई पार्टीले टिकट दिइसकेपछि वडामा वृहत कार्यक्रम आयोजना गरी उम्मेदवार सार्वजनिक गरिएको थियो । उम्मेदवार भई भोट मागिरहेका अवस्थामा पार्टीले बिनाजानकारी टिकट खोसेर धौरीका राजकुमार तामाङलाई उम्मेदवार बनाएपछि श्रेष्ठले अपमान महसुस गरेर आत्महत्याको बाटो रोजेका हुन्  । याे खबर अन्नपूर्ण पोस्टमा छ ।