टिअाईले भन्यो – ‘सरकार भ्रष्चार नियन्त्रण गर’

काठमाण्डौ, २४ चैत्र । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआई)ले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्राचार गरेको छ ।

टीआईले नेपालमा विगत २१ वर्षदेखि सार्वजनिक उत्तरदायित्व प्रवर्धन र भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारलगायत अन्य सम्बद्ध निकाय र नागरिकसँग सहकार्य गर्दै आएको छ ।

टिआईका अध्यक्ष हरि अर्यालले पाठाएको उक्त पत्रमा नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसक्नुमा मुख्यतः राजनीतिलाई नै दोषी रहेको बताएको छ ।
पत्रमा भनिएको छ, ‘भ्रष्टाचारको प्रकृति जे जस्तो भए पनि यसको मूल स्रोत भनेको राजनीति नै हो । राजनीतिक शक्ति र सत्ताको आडमा भ्रष्टाचार हुने गरेको र राजनीतिक संरक्षणको कारणले भ्रष्टाचार नियन्त्रण गर्न नसकिएको उल्लेख गरिएको छ ।’

मन्त्रिपरिषद्का सदस्यहरुका लागि प्रभावकारी आचारसंहिता नै नभएकोले जनत्तरदायी सरकार गठन गर्न सक्ने परिस्थितिको निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् ।

पत्रमा लखिएको छ विश्वमा हुने दुई किसिम भ्रष्टाचार मध्य नेपालमा नीतिगत भ्रष्टाचार हुने गरेको उल्लेख गरिएको छ । जुन सबैभन्दा हानिकारक हुन्छ ।

यस्तो भ्रष्टाचार हेर्दा सबै काम कानूनबमोजिम भएको देखिए पनि निहित उद्देश्य भएका सांसदहरुले आफ्नो हित हुने गरी वातावरण तयार गरी संसदबाट कानून निर्माण गराउन सक्छन् । भनि पत्रमा उल्लेख गरिएको छ ।