October 23, 2017

टर्कीले कुर्द लडाकुमाथि गरेको आक्रमणप्रति अमेरिकाद्वारा चिन्ता व्यक्त

काठमाण्डौ १३ बैशाख । टर्कीले सिरिया र इराकमा गरेको हवाइ हमलामा कुर्द लडाकु मारिएपछि अमेरिकाले चिन्ता प्रकट गरेको छ ।

आक्रमणमा कम्तिमा दुई दर्जन भन्दा बढी कुर्द लडाकु मारिएको अमेरिकाले जनाएको छ ।

अमेरिका समर्थित कुर्द लडाकुको समूह वाइपीजीले आफ्ना प्रमुख अड्डामा टर्कीस सेनाले भीषण हवाइ आक्रमण गरेको जनाएको छ ।कुर्द लडाकुको यो समूह बिद्रोही इस्लामिक स्टेट आइएसबिरुद्ध लडिरहेको छ । उता इराक सरकारले पनि आफनो  क्षेत्रमा आक्रमण गरेको भन्दै टर्कीको निन्दा गरेको छ ।