April 26, 2017

टर्कीमा महिला सुरक्षाकर्मीले टाउकोमा स्कार्प राख्न पाउने

काठमाण्डौ, १२ फाल्गुन । टर्की सरकारले महिला प्रहरी एवम सेनाका लागि टाउकोमा कपडा अर्थात स्कार्फ राख्न लगाएको प्रतिबन्ध हटाएको छ ।
सन १९ सय ८० देखि लगाइएको प्रतिबन्ध हटाएपछि अब महिला प्रहरी तथा सेनाले स्वतन्त्र रुपमा टाउकोमा कपडा अर्थात स्कार्फ रँख्न पाउने छन ।
महिलाहरुले बर्दि जस्तै रंग भएको स्कार्फ टोपी भित्र लगाउन सक्नेछन । उनीहरुलाइ अनुहार भने छोप्न पाउने छैनन । टर्कीमा स्कार्फको प्रयोगबारे लामो समयदेखि बहस हु“दै आएको थियो । एजेन्सी