October 18, 2017

झापा रेडक्रस देशभरकै उत्कृष्ट शाखा

काठमाण्डौ, २८ चैत्र । नेपाल रेडक्रस सोसाइटी झापा शाखा देशभरकै उत्कृष्ट दोस्रो शाखाको रुपमा पुरस्कृत भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको ४५ औं केन्द्रीय महाधिवेशनमा सोमबार झापा शाखाका सभापति लोकराज ढकाललाई नगद १० हजार रुपैयाँसहित उत्कृष्ट दोस्रो शाखाको पुरस्कार प्रदान गरिएको हो ।

सिन्धुलीमाडीमा भएको रेडक्रसको महाधिवेशनमा केन्द्रीय सभापति सञ्जिव थापाले झापा शाखा सभापति ढकाललाई नगद र सम्मानपत्र प्रदान गरेको बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीले जानकारी दिए ।

रेडक्रस झापाले विपद् व्यवस्थापन र मानव सेवाका क्षेत्रमा सञ्चालन गरेको कार्यक्रमको मूल्यांकन गरी देशभरिकै उत्कृष्ट दोस्रो घोषित गरेको बताइएको छ । झापा शाखा यसअघि पनि उत्कृष्ट शाखाको रुपमा पुरस्कृत हुँदै आएको छ ।