October 17, 2017

झापा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

२४ माघ, काठमाडौं । दोस्रो झापा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

यस वर्षको तेस्रो घरेलु फुटबल प्रतियोगिताको उपाधि उचाल्ने क्रममा मनाङ मर्स्याङ्दीले आयोजक झापा–११ लाई १–० गोल अन्तरले पराजित गरेको हो । मनाङको जितमा विदेशी खेलाडी वलावाले अफिजले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मनाङलाई जित दिलाउन अफिजले खेलको ६३औं मिनेटमा गोल गरेका थिए ।

उपाधिसँगै मनाङले ७ लाख रुपैयाँ प्राप्त गरको छ । यसअघि सुदूरपश्चिमको खप्तड गोल्डकपको उपाधि जितेको मनाङले केही साताअघि मात्र आहा–रारा गोल्डकपको उपाधि जितेको थियो ।