October 22, 2017

झापाबाट सुरु भएको राष्ट्रव्यापी धर्मजागरण रथयात्रा कञ्चनपुर पुग्यो

कञ्चनपुर, १८ चैत्र । समग्र वैदिक सनातन धर्मावलम्वीहरुको एकता, हिन्दुत्वको संरक्षण तथा राष्ट्रिय सद्भावका लागि चैत्र १ गते झापाबाट सुरु भएको एतिहासिक राष्ट्रव्यापी धर्म जागरण रथयात्रा शुक्रबार कञ्चनपुरको महेन्द्रनगर पुगेको छ ।

श्री वैष्णव परिषद नेपालको आयोजनामा वैदिक सनातन धर्मका पुनरुद्धारक जगदगुरु भगवद् रामानुजाचार्यको सहस्राब्दी जन्म महोत्सवको अवर पारी उक्त धर्म जागरण रथयात्रा गरीएको थियो ।

शुक्रबार वैदिक सनातन धर्मको जागरण, हिन्दु संस्कृति र परम्पराको संरक्षण भन्ने मुल भावका साथ महेन्द्रनगर पुगेको रथयात्रालाई बाजा गाजा सहित बजार परिक्रमा गरिएको थियो ।

बजार परिक्रमा पछि रथयात्रा महाकाली नदीमा पुगेको थियो । रथलाई नदिमा स्नान गरी बाँकेको कोहलपुर जाने आयोजक ले बताएका छन ।

उक्त रथयात्रा विभिन्न जिल्ला हुदै चैत्र २५ गते काठमाण्डौको त्रिशुली नगर पुगी नगर परिक्रमा गर्ने र चैत्र ३० गते नवलपरासिको गैडाकोटमा पुग्ने जनाईएको छ ।