August 20, 2017

झापाको भद्रपुरमा आगलागी, करोड मुल्यका सामान नष्ट

पकंज शर्मा / झापा २७ चैत्र  । झापाको भद्रपुर ८ स्थित चन्द्रा फर्निचर उद्योगमा आज विहान  आगलागी भएको छ ।

स्थानीय देवेन्द्र बस्नेतले सञ्चालनमा ल्याएको फर्निचर उद्योगमा आगलागी हुदाँ करिव एक करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
उद्योगमा विद्युत चुहावट भई ग्यास सिलिण्डर पडकेर विहान पौने तिन बजे आगलागी भएको हुनसक्ने एसपी क्षेत्री बताए ।आगलागीबाट उद्योगमा रहेका मेसिनरी औजार, स्टील तथा काठको तयारी फर्निचर, खाट पलङ्ग, घरायसी सामान, लत्तापकडा, लाखौ‍‌ मुल्य बराबरको काठ लगायतको समान जलेर नष्ट  भएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी खटिएका थिए ।