October 23, 2017

झापाको बिर्तामोडमा एकदिने क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडमा शनिबार ‘नेपाल रेडक्रस सोसाइटी’ उपशाखा बिर्तामोडले क्यान्सर रोगबारे एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड, वीरता लेडी जेसीज र मेची मार्केटिङ एसोसिएसनकाे संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले प्राविधिक सहयोग प्रदान गरेको थियो ।

नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले सचेतनाको अभावले क्यान्सरका कारण मानिस मृत्युवरण गर्न बाध्य भएको बताउँदै सामान्य सजगता अपनाउने हो भने क्यान्सरबाट बच्न सकिने बताए ।

कार्यक्रममा क्यान्सर हस्पिटलका मेडिकल डाइरेक्टर डा. बिजेस घिमिरे, डा. हरिप्रसाद ढकाल, डा. अञ्जु श्रेष्ठ, डा. अमृत कोइराला, हस्पिटलकी बोर्ड सदस्य स्वरुपा श्रेष्ठ लगायतले क्यान्सर रोगको कारण, बच्ने उपाय र उपचारबारे सहभागिहरुलाई जानकारी गराएका थिए ।

रेडक्रस सभापति सजेश शिवाकोटीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा २ सय बढीको सहभागिता रहेको आयोजक मध्येका मेची मार्केटिङ एसोसिएसनका अध्यक्ष याम कार्कीले जानकारी दिए ।