October 22, 2017

झापाका महिला व्यवसायिक तालिमप्रति अाकर्षित

बिर्तामोड २५ चैत्र । झापाको बिर्तामोड–५ स्थित सुगम शान्ति टोलका ३० जना महिलाले गुडिया तथा कुसन बनाउने सीप सिकेका छन् ।

सुगम शान्ति टोल महिला समूहको आयोजनामा स्थानीय महिलाहरु १ महिनाको तालिमबाट दक्ष बनेको समूहकी अध्यक्ष सीता दंगालले जानकारी दिइन् । फागुन २७ गते नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईंले उद्घाटन गरेको तालिम शुक्रबार सकिएको हाे ।

समापन समारोहकी प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष भीमा शिवाकोटीले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिन् । सो अवसरमा उनले सिकेको सीपलाई व्यावसायिकतामा रुपान्तरण गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरिन् ।

लक्षितवर्गको बजेट अन्तर्गत बिर्तामोड नगरपालिकाले उपलब्ध गराएको ५० हजार रुपैयाँ र टोलबासीबाटै रकम उठाएर झण्डै डेढ लाख रुपैयाँको खर्चमा स्थानीय महिलालाई तालिम दिइएको प्रशिक्षक सानु राउतले बताइन् ।