October 22, 2017

झलनाथ खनालले भने– ‘निर्वाचन हुनेमा शँका छ’

काठमाण्डौ २६ चैत्र । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएका छन ।

एमाले धनकुटा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको साँखुमा आयोजना गरेको सम्मान तथा वनभोज कार्यक्रममा बोल्दै नेता खनालले सरकार निर्वाचन नगर्ने खेलमा लागेको बताए ।

सरकार दुई चरणमा निर्वाचन गर्ने, मिति सार्ने लगायतका विभिन्न वहाना गरेर निर्वाचन नगर्ने खेलमा लागेको नेता खनालको आरोप छ ।

निर्वाचन संविधान कार्यान्वयनको पहिलो सर्त रहेको बताउदै नेता खनालले बैसाख ३१ गते निर्वाच नभए देश संकटमा फस्ने खतरा रहेको बताए ।

खनालले लामो समयको राजनीतिक संक्रमणको अन्त्यका लागि संविधान कार्यान्वय गर्न समयमै तीनै तहको निर्वाचन सम्पन्न गर्नु अहिलेको मुख्य कार्यभार रहेको छ भने ।

कार्यक्रममा धनकुटामा जन्मेर देश र स्वयम धनकुटाका लागि योगदान पुर्याएका विभिन्न ३० जनालाई सम्मान गरिएको थियो ।