June 27, 2017

ज्ञानेन्द्रको शतक छाँयामा

काठमाण्डौ, १५ फाल्गुन । विश्व क्रिकेट लिग च्याम्पियनसिपको दौडमा रहेको नेपाल केन्यासँगको खेल खेल्नु अघि भारत भ्रमणको अभ्यास खेलमा हारेको छ ।

भारतको राजवाडा क्रिकेट टिमसँग नेपाल ४७ रनले पराजित भयो । ज्ञानेन्द्र मल्लको शतकले नेपाललाई हारबाट जोगाउन सकेन । उनले १२५ बल खेल्दै १०४ बनाएका थिए जसमा १० चौका सामेल थियो । अरु ब्याट्सम्यान चल्न नसक्नु नै नेपालको हारको कारण बन्यो ।

२८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४७.१ ओभर खेल्दै २३४ को योगफलमा सीमित भयो । पहिलो ब्याटिङ गरेको विपक्षी टिमले पुरै ५० ओभर खेल्दै २८१ रन बनाएको थियो । उसका लागि राजत छप्परवालले ९१ रन बनाउँदा माधुर खत्री र मोहम्मद साफीले क्रमशः ९० र ५१ रन जोडे ।