August 20, 2017

जेल भित्रै विवाह

कालीबहादुर मल्ल

कालिकोट, फाल्गुन १२ । जिल्ला कारागार कालिकोटमा रहेको कैदीको एक जोडी जेल भित्रै विवाह बन्धनमा बाँधिएको छ ।

कालिकोट राचुली गाविस ९ का ३३ वर्षीय डिल्ली कोइराला र कालिकोट लालु ७ की ३० बर्षीया मिम्कोशा बिष्ट बिच विवाह भएको हो ।

कोइराला पत्नी हत्या गरेर जेल सजाए भोग्न आएका हुन भने बिष्ट पनि पतीको हत्याको अभियोगमा जेल सजाए भोगिरहेकी छन ।
कोइरालाले २०६८ साल साउन २९ गते पत्नी नन्दशोभा कोइरालाको हत्या गरेपछि जिल्ला अदालत कालिकोटको फैसला अनुसार भदौ २२ गते जेल चलान भएका हुन । मिम्कोशाले २०७२ असोज १ गते पती प्रेम बिष्टको हत्या गरेपछि जिल्ला अदालतको फैसला अनुसार असोज १० गते जेल चलान भएकी हुन ।

पत्नी हत्याको आरोपमा डिल्ली र उनकी आमा रन्ता कोइराला कैदी भएका थिए । बन्दीगृह भित्र महिला र पुरुष छुट्ट–छुट्टै बस्ने खाने ब्यवस्था छ ।

तर डिल्लीकी आमा महिला बस्ने कोठामा हुँदा मिम्शोभालाई बुहारी बन्न अनुरोध गरेकी थिईन । जेल भित्रै बधु बनेकी मिम्कोशाले भनिन, ‘डिल्लीको आमाले गर्दा मैले उहाँलाई मन पराएको हुँ । मैले श्रीमानको हत्या गरे डिल्लीले पनि श्रीमतीको हत्या गरे । त्यसैले उहाँसँगै विवाह गर्ने मन लाग्यो ।’

दुवैलाई एउटै प्रकृतिको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले फैसला गरेको थियो । कैदी कोइरालाले भने, आमाले मिम्कोशालाई विवाहको प्रस्ताव राख्दा स्वीकार गरेकी हुन । त्यसै कारणले विवाह गरेको हो ।

जेलबाट भविष्यमा छुट्दा एक अर्काले श्रीमती मार्ने र श्रीमान मार्ने भनेर झगडा नहुने भएकाले पनि हाम्रो दिर्घकालीन माया हुन्छ ।’ उनले थपे, ‘यो विवाहले समाजलाई पनि पाठ सिकाउछ । दुईटैको कमजोरी भएको छ । कमजोरी गरेकोले कमजोरी गर्ने सँगै विवाह गरेका हुँ ।’

उनिहरुले जेल भित्रै बिवाह गरे पनि कानुनी रुपमा जेल सजाय पुरा नगर्दासम्म सँगै हुन नपाउने जेलेर संजयले बताए ।

डिल्ली कोइरालाले सात बर्ष कैद सजाए भोगेका छन् भने उनको ३ वर्ष अझै जेल बाँकी छ । त्यस्तै मिम्कोशाले १ बर्ष जेल सजाय भोगे पनि अझै ४ वर्ष सजाए भोग्न बाँकी छ ।
कोइरालाद्धारा हत्या गरिएकी पहिलेकी श्रीमतीबाट दुई छोरा छन् भने बिष्टका १ छोरा र ३ छोरी छन् । बिष्टसंगै ५ बर्षकी छोरी छन् ।

विवाह कार्यक्रममा पुजारी जयचन्द्र अधिकारीले विवाह गराएका थिए । विवाहमा पत्रकार, मानव अधिकारकर्मिको सहभागीता रहेको थियो ।

श्रीमती हत्या गरेर विदुर बनेका कोइला र श्रीमान हत्या गरेर विद्युवा बनेकी बिष्टको बैवाहिक सम्वन्ध दिर्घायुका लागि जेलर संजय महतोलगायतकाले शुभकामना दिएका थिए ।