May 26, 2017

जेम्स कोमीलाई बर्खास्त गर्ने निर्णय सही भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

काठमाण्डौ २८ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जा“च एजेन्सी एफबिआइका निर्देशकलाई बर्खास्त गर्ने आफनो निर्णय उपयुक्त र जायज भएको बताएका छन ।

एफबिआइ निर्देशक जेम्स कोमीलाइ बर्खास्त गर्ने निर्णयको चौतर्फी बिरोध भएपछि उनले आफनो निर्णयको बचाउ गरेका हुन । हिलारी क्लिन्टनका इमेलको जाँच गरिरहेका जेम्सले आफूलाइ गलत सूचना दिएको उनको आरोप छ । कोमी क्लिन्टनका इमलेकासाथै रुससंगको सम्बन्धका विषयमा जाँच गरिरहेका थिए ।

कोमीलाइ बर्खास्त गरेपछि ट्रम्पमाथि अपराधिका मामिलामा पनि हस्तक्षेप गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले भने कोमीको ठाउँमा निकै उपयुक्त र प्रभावकारी रुपमा काम गर्न सक्ने व्यक्तिलाई चाँडै नियुक्त गर्ने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *