October 22, 2017

जेठमा निर्वाचन हुदैन : राणा

मोहन बल्ल
भक्तपुर, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमसेर राणाले जेठमा स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताएका छन ।
रफत सञ्चार क्लवले आयोजना गरेका साक्षात्कार कार्यक्रममा बोल्दै नेता राणाले राप्रपा जेठमा निर्वाचनको पक्षमा भएपनि सरकार निर्वाचन गर्ने पक्षमा नभएको बताए ।
मधेशी मोर्चाको संविधान संशोधनको मागलाई कुनै पनि हालतमा एमालेले पारित हुन नदिने र अर्कातर्फ सरकारले मधेशी मोर्चालाई माग सम्बोधन गर्ने प्रतिवद्धता जनाइसकेकाले निर्वाचन असम्भव भएको राणाले बताए । मधेशवादी दललाई वाईपास गरेर निर्वाचन सम्भव नभएको राणाको भनाई थियो ।
ठूला पार्टीले देशलाई दिशा दिन नसक्दा देश कता जाने के गर्ने अनिर्णयको बन्दीमा फसिरहेको बताउँदै ठूला राजनीतिक दलहरु जिम्मेवार भएर अगाडि बढ्नुपर्ने उनले बताए । तत्काल निर्वाचनको मिति घोेषणा गर्न राणाले माग गरे ।

‘सरकारले पुनःनिर्माणको कार्यलाई अगाडि बढाउन नसकेको हुदा जनता निरास भएका छन, सरकारले तत्काल पुनःनिर्माणको कार्य अगाडि बढाउनु पर्छ’ राणाले भने । भूकम्पपीडितलाई बाँडिएको किस्ताको रकम अपुग भएको राणाको धारणा थियो ।