October 24, 2017

जुम्लामा मिनीट्रक दुर्घटना, ३ जनाको मृत्यु

जुम्ला ५ फाल्गुन । जुम्लाको नाग्मबाट सिंजा गोठिज्यूला तर्फ जांदै गरेको मालबाहक मिनीट्रक दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।

ना ४ ख ९२७२ नम्बर मिनीट्रक सिंजा वड्की २ को देयारगाउंमा पल्टिदां अन्य एकजना घाइते भएको जिल्ला प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा तीर्थराम चौधरीको चालक अनुमति पत्र फेला परेको र मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।