October 24, 2017

जुन हर्मनले तपाईलाई असल पुरुष बनाउँछ त्यसको ख्याल राख्नुहोस्

काठमाण्डौ, १० चैत्र । पुरुषको शरीरमा धेरै किसिमका हर्मनहरु हुने गर्दछ, जसले पुरुषलाई नारीभन्दा फरक देखाउन मद्दत गर्दछ ।

ती हर्मनहरु मध्ये टेस्टोस्टेरोन एक प्रकारको हर्मन हो जुन पुरुषको अण्डकोषमा उत्पन्न हुने गर्दछ । धेरैले यसलाई पुरुषत्वको रुपमा लिने गर्दछन् ।

यो हर्मनले पुरुषको आक्रामक स्वभाव, अनुहारमा आउने दाह्रीजुँगा र यौन क्षमतासँग सिधा सम्बन्ध राख्ने गर्दछ ।

वास्तवमा मनौवैज्ञानिक र शारीरिक स्वास्थ्यको लागि पनि यो हर्मन सबै पुरुषका लागि अत्यन्त जरुरी हुने गर्दछ ।

टेस्टोस्टेरोन हर्मन उमेरको साथ कम हुन गर्दछ । एक अनुसन्धान अनुसार, ३० र ४० उमेरपछि हरेक वर्ष २ प्रतिशतले कम हुने गर्दछ ।

यद्दपि यसको मात्रामा गिरावट आउनु स्वास्थ्यसँग जोडिएको समस्या होइन । कतिपय अवस्थामा खास बिरामी, र चोटको कारणले पनि सामान्यभन्दा कम हुने गर्दछ ।

यो हर्मनको कमि हुनुलाई हाइपोगोन्डिज्म भनिन्छ । ब्रिटिश पब्लिक हेल्थ सिस्टमका अनुसार, यो समस्याबाट १ हजारमध्ये ५ व्यक्ति पीडित छन् ।

टेस्टोस्टेरोन सामान्यभन्दा कम भए यसरी थाहा पाउन सकिन्छ–
– थकान र सुस्तपना भएमा
– चिन्ता, ज्यादा पसिना आएमा
– धेरैबेरसम्म कसरत गर्न गाह्रो हुने
– दाह्री र जुँगा कम बढ्नु
– सम्झने शक्ति वा एकाग्रता कम हुनु

लामो समयसम्म यो समस्या देखिए यसले हड्डीमा नोम्सान पुर्याउन सक्छ । जसले गर्दा हड्डी कमजोर र फ्रेक्चर हुने सम्भावना प्रबल रहन्छ ।

के हो त हाइपोगोन्डिज्म ?

यो एक प्रकारको मेडिकल परिस्थिति हो जुन उमेरको वृद्धिसँगै उत्पन्न हुने सामान्य स्थितिभन्दा फरक छ । यसको प्रत्यक्ष सम्बन्ध डाइबिटिज अर्थात् चिनीरोगसँग छ ।

तपाई आफ्नो टेस्टोस्टेरोनको मूल्यांकन रगत जाँचबाट पनि गर्न सकिन्छ । यसको स्तर प्रत्येक दिन समान भने हुँदैन ।

टेस्टोस्टेरोन कम हुनुको कारण के हो त ?

टेस्टोस्टेरोन पुरुषको अण्डकोषमा विकसित हुन्छ जुन पिट्युटरी ग्रन्थि र हाइपोथलामसद्वारा नियन्त्रित हुन्छ । यदि कुनै बिरामीबाट पिट्युटरी ग्रन्थि वा हाइपोथलामस प्रभावित हुन्छ भने त्यो हाइपोगोन्डिज्मको कारण हुन्छ ।

यसको सम्बन्ध अण्डकोषसँग पनि हुने गर्दछ । कुनै चोट, सर्जरी, क्लाइनफेल्टर सिन्ड्रोम वा वंशानुक्रमणमा भएको समस्याले यस्तो हुने गर्दछ ।

यसका साथै इनफेक्सन, लीभर अथवा मृगौलाको रोग, मद्यपानको लत आदि कारणले टेस्टोस्टेरोन हर्मनमा कमि हुने गर्दछ ।