August 17, 2017

जापानी हिमस्खलनमा ८ बालबालिका मरेको आशंका

काठमाण्डौ, १४ चैत्र । जापानकाे स्की रिसोर्टको हिमपहिरोमा परी हाई स्कुलका विद्यार्थीहरु मरेको आशंका गरिएको छ ।

सोमबार बिहान टोकियोको उत्तरी भागमा पर्ने नासु नजिक रहेको टोचिगी प्रान्तमा हिमस्खलन भएको हो । जुन जापानको राजधानी टोकियोबाट १ सय २० किलोमिटर टाढा पर्छ ।

८ जना विद्यार्थी अत्यन्तै गम्भिर अवस्थामा भेटिएको र ३० जनाभन्दा बढि मानिस घाइते भएको जापानी समाचार संस्था क्योदोले बतायो ।

उद्धार गर्ने निकायले खराब मौसम र अत्याधिक हिमपहिरो खसिरहेकोले उद्धार कार्यमा समस्या भइरहेको जनाएको छ ।

स्थानीय मिडियाका अनुसार, ती विद्यार्थीहरु ठूलो पहाड चढ्ने तरखरमा थिए र त्यहाँ ७ विद्यालयका विद्यार्थीहरु सहभागी थिए ।