July 24, 2017

जाजरकोट बस दुर्घटना, मृत्यु हुने २४ जनाको सनाखत, घाइते २८ जनाको नेपालगंजमा उपचार हुदै 

काठमाण्डौ २७ फाल्गुन । जाजरकोट बस दुर्घटनामा मृत्यु भएका २४ जनाको सनाखत भएको छ ।

जाजरकोट खण्डको भेरीमालिका नगरपालिका–४ बोहरागाउमा विहीबार भएको बस दुर्घटनामा परि मृत्यु हुनेमा लह ४ का रामबहादुर बस्नेत, भेरीमालिका–४ बोहरागाउका नबीन चन्द, गणेश बोहरा, भेरीमालिका ११ का गोपाल सुनार र सर्मीला सुनार, १० का संन्तोष राना, १२ का बहादुर भनारी, ३ का सन्त सुनार, १३ की हिउसा गिरी, साल्मा ५ का नन्दलाल जैसी, सीम ९ का मदन पुन, मजकोट ७ का दले तिरुवा, दशेरा २ का मनीराम जैसी रहेका छन् ।

त्यस्तै, भेरीमालिका १ का दिलबहादुर बुढा, चौरीजहारी–४ रुकुमका कृष्ण गिरी, सुईकोट सल्यानका उदय बूढाको सनाखत भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए । टुर्घटनामा मृत्यु हुनेमा ५ महिला र १९ पुरुष रहेका छन् । दुर्घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो भने ७ जनाको जाजरकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेका २८ जना गम्भीर घाइतेको थप उपचारका नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगंज लगिएको छ ।  सामान्य घाइते भएका ९ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।