October 17, 2017

जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

दिपेन्द्र शर्मा

जाजरकोट २६, फाल्गुन । जाजरकोटको सदरमुकाम खलंगाको बोहरागाउँ नजिकै भएको यात्रु बाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ भने ४१ जना घाइते भएका छन् ।

सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिममा पर्ने खारा बजार तर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस छिन्चु जाजरकोट सडक खण्डको भेरीमालीका नगरपालीका ४ बोहरागाउँ तल्लो मोडबाट २ सय मीटर तल पासागाड खोलामा खसेको हो ।

खलंगाबाट बेलुकी ४ बजे खारा बजारका लागि छुटेको भेरीगंगा यातायात व्यावसायी समितिको उक्त बसमा ५० बढी यात्रु रहेको प्रहरीले जनाएको छ ।

घटनास्थल सदरमुकाम खलंगादेखि ५ किलोमीटरको दुरीमा रहेको छ । घटना स्थलबाट १२ जनाको शव निकालिएको जाजरकोटका                 प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए ।

घटनामा मृतकको संख्या बढ्न सक्ने तथा मृतक कसैको पनि सनाखत हुन नसकेको डिएसपी रिमालले बताए ।

नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, स्थानीय लगाएतले उद्धार गरिरहेका छन । क्षमता भन्दा बढी यात्रु र ओरालो तथा घुम्ती सडकमा तीब्र बेगमा गाडी गुड्नु दर्घटनाको प्रमुख कारण भएको प्रहरीले अनुमान गरेको छ । घाईतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ ।