August 23, 2017

जाजरकोटमा बस दुर्घटना ११ को मृत्यु ३९ घाइते

जाजरकोट, २६ फाल्गुन । जाजरकोटको पासाघाट भन्ने ठाउँमा बिहीबार दिउँसो बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।
लु ३ ख २२७९ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटना छिन्चु जाजरकोट सडक खण्डमा पर्ने भेरी मालिका नगरपालिका वडा नम्बर ४ पासाघाटमा भएको हो ।

बसमा ५० जनाभन्दा बढी सवार थिए । बस सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको थियो । प्रहरीका अनुसार बोहोरा गाउँको तल्लो मोहोडबाट बस खोलामा खसेको हो ।