June 28, 2017

जाजरकाेट बस दुर्घटना परी मृत्यु हुनेको संख्या २० पुग्यो

जाजरकोट, २६ फाल्गुन । जाजरकोटको पासाघाटमा भएको यात्रुवाहक बस दुर्घटना परी मृत्यु हुनेको संख्या २० पुगेको छ ।

दुर्घटनामा परी ४१ जना घाइते भएका छन् । घाइते मध्य धेरैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलीकोप्टरबाट नेपालगञ्ज र काठमाण्डौ पठाइएको प्रहरीले बताएको छ ।

लु ३ ख २२७९ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटना छिन्चु जाजरकोट सडक खण्डमा पर्ने भेरी मालिका नगरपालिका वडा नम्बर ४ पासाघाटमा भएको हो । दुर्घटना स्थल सदरमुकाम भन्दा झण्डै ५ किलोमिटर टाढा रहेको छ ।

बस सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको थियो । बसमा यात्रुहरु बढी भएकाले ओभर लोड हुन गई दुर्घटना भएको प्रहरीले बताएको छ ।