Breaking News

जलवायु परिवर्तन सम्बन्धी मुद्दामा चीन र युरोपियन युनियन एकठाउँमा

काठमाण्डौ १८ जेठ । जलवायु परिवर्तन सम्बन्धी मुद्दामा पेरिस सम्भौता कार्यान्वयन गर्ने नगर्ने विवाद भैरहेका बेला चीन र युरोपियन युनियन सम्झौता कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् ।
जि सेभेन सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन भन्ने शब्दावली नै ठीक नभएको भन्दै पेरिस सम्झौतामाथि शंका व्यक्त गरेका थिए । सम्मेलन सकिएको केही दिनमै चीन र युरोपियन युनियनका नेताहरु सम्झौता कार्यान्वयनको निष्कर्षमा पुगेका हुन् ।

सम्झौता कार्यान्वयन गर्न उनीहरुबीच उच्चस्तरको सम्झौता भएको बिबिसिले उल्लेख गरेको छ । यो विषयमा शुक्रवार संयुक्त बक्तव्य जारी गर्ने तयारी गरिएको छ ।

shares