August 19, 2017

जर्मन र टर्कीबीच तनाव चुलिंदै, जर्मन अधिकारीलाई नाजीसंग तुलना नगर्न मर्केलको चेतावनी

काठमाण्डौ ८ चैत्र । जर्मन चान्सलर अंगेला मर्केलले कुनैपनि जर्मन अधिकारीलाई नाजिसंग तुलना नगर्न टर्कीलाइ चेतावनी दिएकी छन ।

टर्कीमा राष्ट्रपतिको अधिकार बढाउने विषयमा हुन लागेको जनमतसंग्रहलाइ लिएर चान्सलर मर्केलले टर्कीका राष्ट्रपति रिचप तैयबलाई चेतावनी दिएकी हुन ।

टर्कीका राष्ट्रपति रिचपले आफनो अधिकार बढाउन जनमतसंग्रह गर्न थालेपछि जर्मन अधिकारीले आफनो मुलुकमा त्यस सम्बन्धी ¥याली र प्रदर्शनमा बन्देज लगाएका थिए ।

टर्कीका राष्ट्रपति रिचपले यसलाई जनमतसंग्रह असफल पार्ने षडयन्त्र भन्दै नाजी शैलीमा प्रस्तुत नहुन जर्मनीलाइ चेतावनी दिएका थिए । जवाफमा चान्सलर मर्केलले राष्ट्रपति रिचपले आफनो अभिव्यक्तिमा लगाम नलगाए टर्कीका नेताहरुको प्रचारप्रसार सम्बन्धी सबै कार्यक्रममा रोक लगाउने बताएकी छन ।