जर्मनीमा आप्रवासी माथि आक्रमण बढ्दो

काठमाण्डौ, १५ फाल्गुन । पछिल्लो वर्ष जर्मनीमा ३५ सयभन्दा बढि आप्रवासी र शरणार्थी आक्रमणमा परेको तथ्याङ्कले देखाएको छ । झण्डै दैनिक १० विरोधी आप्रवासी कुनै न कुनै हिंसामा पर्ने आन्तरिक मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

हमलामा परेका ५ सय ६० जना घाइते रहेको र त्यो संङ्ख्यामा ४३ जना बालबालिका रहेको बताइएको छ । संसदमा प्रस्तुत भएको पत्रमा हिंसालाई सरकारले कडा रुपमा निन्दा गरेको एएफपीले भनेको छ । जसले घरबार गुमाए र जो जर्मनीमा सुरक्षा चाहन्छन् तिनीहरुलाई सही बासस्थानको अधिकार रहेको सो पत्रमा उल्लेख छ ।

प्रहरीको तथ्याङ्कलाई उद्धृत गर्दै मन्त्रालयले लेखेको छ, ‘गत वर्ष भएका आक्रमण मध्ये २५ सय ४५ आक्रमण आन्तरिक शरणार्थी लक्षित थिए ।’ यो प्रतिवेदनसँगै आन्तरिक सुरक्षाबारे जर्मनीले सोच्ने बेला आएको छ । एएफपी