August 23, 2017

जपानमा यौन इच्छा पूरा गर्न कम उमेरका बालिकाको प्रयोग

काठमाण्डौ, २५ चैत्र । विश्वमा शक्तिशाली राष्ट्रको रुपमा गनिएको जापानमा यौन इच्छा पूरा गर्नको लागि कम उमेरका बालिकाको प्रयोग गरिने खबर खुलासा भएको छ ।

जापानका आधुनिक बार पुरुषहरुका लागि यौन इच्छा पूरा गर्ने अड्डा बनेको छ । जहाँ त्यस्ता पुरुषको भोक मेटाउन कम उमेरका केटीहरुलाई प्रयोग गर्ने गरिन्छ । यौनका भोका पुरुषहरु ती केटीहरुसँग समय बिताउने गर्दछन् । यो भन्दा पहिला ती केटीहरुलाई अश्लिल तस्बिर र दृश्यहरु देखाइने गरिन्छ ताकि उनीहरुले पुरुषलाई सहयोग गर्न सकुन् ।

यो विषयलाई लिएर जापानको विश्वस्तरमा नै आलोचना भइरहेको छ । यसकै कारण ३ वर्ष अघि जापानमा बाल वेश्यावृत्तिमा प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्धको बाबजुत पनि वेश्यावृत्तिमा कम उमेरका बालिकाको प्रयोग गरिने गैरकानूनी कार्य रोकिएको छैन । यसलाई लिएर ‘बीबीसी थ्री’ (बेलायती टिभि च्यानल) ले छानबिन गरिरहेको छ ।

बीबीसी थ्रीकी प्रख्यात वृत्तचित्र निर्मात्री स्ट्यासी डुलीले यो मुद्दालाई लिएर निकै छानबिन गरेर रिपोर्ट पनि तयार गरेकी छिन् । आखिर जापानमा बाल्य वेश्यावृत्तिमाथि प्रतिबन्ध लगाउँदा के असर परेको छ भनेर डुलीले रिपोर्ट तयार गरेकी छिन् ।

अध्ययनमा बालिकालाई वेश्यावृत्तिमा प्रयोग गरिने कुरालाई लिएर समाजको कस्तो राय छ भनेर पनि जान्ने कोशिस गरिएको छ । जापानमा नाबालिकाहरुलाई बहकाउने र देह व्यापारमा संलग्न गराउनको लागि अश्लिल सामग्रीकोे प्रयोग भइरहेको स्ट्यासी डुलीले पत्ता लगाइन् ।

जापानको राजधानी टोकियोमा स्ट्यासीले स्कुल पढ्ने केटीहरुले धेरै उमेरका पुरुषहरुसँग समय बिताए बापत् पैसा दिने गरेको प्रत्यक्ष देखिन् । ती पुरुषहरुले स्कुलका छात्राहरुसँग यौनका बारेमा कुरा गर्न र हात समात्न बिल्कुल सामान्य भएको बताए । कहिले कहिले त कम उमेरका छात्राहरु स्कुलको ड्रेसमा देखिने गरेको ती पुरुषहरुले बताए ।

वृत्तचित्र निर्मात्री स्ट्यासीले जापानका यस्ता–यस्ता इलाकामा अध्ययन गरिन् जुन क्षेत्र बालिकाको वेश्यावृत्ति हुने सहरको रुपमा बदनाम भइसकेका थिए । जापानमा यी इलाकाहरुलाई ‘चाको इरो’ भनिन्छ, जहाँ ६ वर्ष उमेरका बालिकाहरुको समेत अश्लिल तस्बिर र भिडियो खिचिन्छ ।

स्ट्यासीले यस्ता संघसंस्थासँग भेट गरिन्, जुन संस्थाले पीडित बालिकालाई मद्दत गर्ने गर्दछ । उनको वृत्तचित्रले जापानकाे बाल्य वेश्यावृत्तिको सच्चाईलाई अवगत गराएको छ ।  बीबीसी