October 22, 2017

जपानमा छ, ‘सुसाइड जंगल’

काठमाण्डौ, २९ चैत्र । जापानको माउन्ट फुजीको आधारमा रहेको एओकिगहारा जंगललाई ‘सुसाइड फरेस्ट’ का नामले चिनिन्छ ।

आत्महत्या गर्नका लगि यो जंगललाई विश्वको दोस्रो सुन्दर स्थानका रुपमा लिइन्छ । ‘मर्नका लागि उत्कृष्ट गन्तव्य’ का नामले पनि यो जंगललाई चिनिन्छ ।

उक्त जंगलको प्रवेशद्वारमा आत्महत्या गर्न जाने व्यक्तिको परिवारहरु र जिन्दगीको महत्वलाई दर्शाउने खालका सन्देशहरु लेखिएको छ । ताकि उसको मनबाट मर्ने इच्छा सदाका लागि मरोस् ।