October 19, 2017

जन्म दर्ता नहुदा विद्यालय भर्ना अभियान प्रभावित

दिनेश शर्मा
राजविराज, २३ चैत्र । बालवालिकाको जन्मदर्ता समयमा नभएका कारण आगामी शैक्षिक २०७३/०७४ को नयाँ शैक्षिक सत्रको विद्यालय भर्ना अभियान प्रभावित हुने भन्दै सप्तरीका जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डे चिन्ता ब्यक्त गरेका छन् ।
पाण्डेका अनुसार गाविस कार्यालय नियमित खोलेर बालवालिकाको जन्मदर्ता सरल र सहज तरिकाले बनाउने वातावरणका लागि आग्रह समेत गरेका छन् ।

सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला शिक्षा कार्यालय सप्तरीले आज आयोजना गरेको विद्यालय भर्ना अभियान २०७४ को तयारी वैठकमा जिशिअ पाण्डेले सप्तरीमा अहिले पनि ५ देखि १२ वर्ष उमेर समुहका कुल बालवालिका मध्ये १८ दशमलव ५० प्रतिशत वालवालिका विद्यालय वाहिर रहेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

यसैगरी, ५ देखि ९ वर्ष उमेर समुहका ५ प्रतिशत बालवालिका पनि विद्यालयको पहुँच वाहिर रहेको उनले जानकारी दिए । डुम, मुसहर लगायतका दलित वस्तिमा अहिले पनि विद्यालय नजाने बालवालिकाहरुको संख्या ठुलो रहेको भन्दै पाण्डेले ती समुदायमा बालवालीकाको जन्मदर्ता नगराएकाहरुको संख्या पनि उल्लेख्य रहेको बताए ।