September 25, 2017

जन्ती बोकेको जिप दुर्घटना ४ को मृत्यु , १६ घाइते

 

२५ माघ, पाल्पा । पाल्पाको दोभानमा जिप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

लु १ ज २६८९ नम्बरको जिप ज्यामुरेबाट विवाह सकेर जन्तीको बाजा बजाउने समूहलाई घर पुरयाउने क्रममा दोभानको श्रीडाँडामा दुर्घटना भएको हो ।

सोमबार राति भएको दुर्घटनामा जसविर बकावल मगर, मिनबहादुर थापा मगर, हरि बहादुर राना र यमबहादुर रानाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने सबैजना दोभान २ देउरालीका छन् ।
१६ जना घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको लुम्बीनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अत्याधीक ओरालो भएका कारण गाडीको ब्रेक फेल भई अनियन्त्रीत दुर्घटना भएको अनुमान गरीएको छ । जिप करीब सडकदेखी ३०० मिटर तल खसेको थियो ।