July 26, 2017

जनसाँस्कृतिक महासंघको अध्यक्षमा ईश्वरचन्द्र ज्ञवाली

काठमाडौ,२१ फाल्गुन । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघको अध्यक्षमा ईश्वरचन्द्र ज्ञवाली चयन भएका छन ।
५१ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि भएको भेलाले महासंघको उपाध्यक्षमा प्रा.डा. जगदिशचन्द्र भण्डारी र रोशन जनकपुरीलाई चयन गरेको छ भने महासचिवमा हिरामणि दुःखी छानिएका छन् । महासंघको सचिवमा क्रमशः मित्रलाल पंगेनी, मोदनाथ मरहट्टा, गौरी दाहाल चुनिएका छन् भने कोषाध्यक्षमा मनोहर लामिछाने छानिएका छन् ।