November 17, 2017

जनताको अधिकार सिंहदरवारबाट गाउँगाउँमा सम्म पुग्यो–प्रचण्ड

काठमाण्डौ, ३० फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको पुनः संरचना भएसँगै पहिलोपटक अधिकार सिंहदरवारबाट गाउँगाउँमा पुगेको बताएका छन् ।

स्थानीय तह पुनः संरचना आयोगको अन्तिम प्रतिवेदन ग्रहण गर्दै कार्यक्रममा प्रधानमन्त्री दाहालले जनताले दिएको गम्भीर र महत्वपूर्ण जिम्मेवारी पूरा गरेर पहिलोपटक अधिकार स्थानीय तहमा पुर्याएको दाबी गरेका हुन । उनले सरकार निर्वाचन गराउन लागिपरेको भन्दै नागरिकले पाएको अधिकार व्यावहारिक रूपमै कार्यान्वयनमा जाने दाबी गरेका छन् ।

त्यस्तै आयोगको प्रतिवेदन ग्रहण गर्दै उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहलाई दिइएको अधिकार कार्यान्वयनमा आए मुलुक केही वर्षमै समृद्ध बन्ने दाबी गरेको छन् ।

प्रतिवेदन बुझाउँदै स्थानीय तह पुनः संरचना आयोगका संयोजक बालानन्द पौडेलले स्थानीय तहको पुनः संरचना निकै जटिल भए पनि समयमै सम्पन्न गरेको बताए ।
पौडेलले स्थानीय तहको निर्वाचन भइसकेपछि विशेष स्वायत्त वा संरक्षित क्षेत्रको विषयमा सरकारले स्थानीय प्रतिनिधिसँग छलफल गरेर टुंग्याउन सुझाव दिए ।